कञ्चनपुरको महाकाली अस्पतालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कञ्चनपुरको महाकाली अस्पतालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु


२६ बैशाख २०७८, आइतबार


धनगढी । कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

भीमदत्त नगरपालिका–६ का ३५ वर्षीय, वडा नम्बर ६ कै ४८ वर्षीय पुरुष र वडा नम्बर १८ की ५७ वर्षीया महिलाको मृत्यु भएको हो ।

यस्तै शुक्लाफाँटा नगरपालिका–८ का ४८ वर्षीय पुरुष र वडा नम्बर १० का ७५ वर्षीय पुरुषको पनि आज मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस