कोरोनाको भ्याक्सिन ल्याउन अवरोध गर्नेलाई कारबाही गरियोस्: नेपाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कोरोनाको भ्याक्सिन ल्याउन अवरोध गर्नेलाई कारबाही गरियोस्: नेपाल


२६ बैशाख २०७८, आइतबार


काठमाडौँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले कोरोनाको भ्याक्सिन खरिदमा कमिसन नमिलेका कारण देशभित्र ल्याउन अवरोध गर्नेलाई कारबाहीको माग गरेका छन् ।

आज उनले एक अपिल जारी गर्दै त्यस्तालाई कानुनी दायरामा ल्याएर तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन् । कमिसन नमिलेका कारण भ्याक्सिन ल्याउन अवरोध गर्नु मानवताविरोधी र अपराध भएको उनको ठहर रहेकाे छ ।

जनताको जीवन रक्षाको कुरालाई निजी नाफा र लुटको व्यापारिक उद्देश्यसहित निजी क्षेत्रलाई दिने कार्य तत्काल बन्द गर्न समेत उनले सरकारलाई आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस