स्थगित भयाे विवेकशील साझा पार्टीको महाधिवेशन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्थगित भयाे विवेकशील साझा पार्टीको महाधिवेशन


२६ बैशाख २०७८, आइतबार


काठमाडौँ । विवेकशील साझा पार्टीले कोरोनाका कारण महाधिवेशन स्थगित गरेको छ।

जेठ अन्तिम साता महाधिवेशन गर्ने गरी आन्तरिक तयारी गरिरहे पनि कोरोनाका कारण महाधिवेशन स्थगित गर्नुपरेको पार्टीले बताएको छ । तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच एकतापछि छ महिनाभित्र एकता महाधिवेशन गर्ने सहमति भएको थियो।

शनिबार बसेको पार्टी केन्द्रीय समिति बैठकले महाधिवेशन जेठमा गर्न नसकिने निर्णय गरेको हो। परिस्थिति सहज बनेपछि अनुकूलता हेरेर महाधिवेशनको अर्को मिति तय गरिने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस