आफूसँग भएका अक्सिजन सिलिन्डर सरकारलाई दिने क्रसर, जलविद्युत र ग्रिल उद्योगीको घोषणा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आफूसँग भएका अक्सिजन सिलिन्डर सरकारलाई दिने क्रसर, जलविद्युत र ग्रिल उद्योगीको घोषणा


२६ बैशाख २०७८, आइतबार


काठमाडौँ । क्रसर उद्योगी, जलविद्युत उत्पादक र ग्रिल व्यवसायीले आफूसँग भएका अक्सिजन सिलिन्डर सरकारलाई उपलब्ध गराउने घोषणा गरेका छन् । कोभिड–१९को महामारी बढ्दै जाँदा अक्सिजन अभावकै कारण कैयू व्यक्तिले ज्यान नै गुमाउन थाले पनि उद्योगी/व्यवसायीले घोषणा गरेर नै अक्सिजन सिलिन्डर सरकारलाई दिन सुरु गरेका हुन् ।

नेपाल क्रसर तथा खानी उद्योग महासङ्घले एक अपिल सार्वजनिक गर्दै राष्ट्रिय विपद्को यो समयमा आफ्नो उद्योगसँग रहेका सबै अक्सिजन सिलिन्डर स्थानीय सरकारमार्फत नेपाल सरकारलाई उपलब्ध गराउन आह्वान गरेको छ ।

महासङ्घले आफ्नो जिल्ला तथा प्रदेश सङ्घमा रेकर्ड राखेर सबै उद्योगमा रहेका खाली तथा अक्सिजन भरिएका सिलिन्डर सरकारलाई उपलब्ध गराउन उद्योगीहरूलाई आह्वान गरेको छ । कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै भएको अक्सिजन अभावप्रति महासङ्घको ध्यानाकर्षण भएको महासचिव पुरुषोत्तम रेग्मीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस