२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संवैधानिक परिषद् बैठक सम्पन्न, लोक सेवा आयोगलगायत निकायहरूमा पदाधिकारी नियुक्तिको सिफारिस

अ+ अ-

काठमाडौँ । संवैधानिक परिषद्को बैठकले लोक सेवा आयोग लगायत रिक्त संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकमा नामहरूबारे छलफल भए पनि सबै निर्णय लिपिबद्ध भएपछि औपचारिक प्रक्रियाबाट नाम सार्वजनिक गरिने भएको छ ।

विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले बहिष्कार गरेको बैठकले देउवा कोसमेत कोटाबाट केही सदस्य सिफारिस गरेको स्रोतले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहभागी थिए।

परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रमुख प्रतिपक्ष दलको नेता र उपसभामुख रहने व्यवस्था छ। हाल उपसभामुख रिक्त रहेकाले परिषदमा ५ जना मात्रै छन् र सरकारले हालै जारी गरेको संवैधानिक परिषद्को बैठकसम्बन्धी अध्यादेशका आधारमा बैठक बसेको हो।

अध्यादेशमा अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा बैठकको लागि गणपूरक सङ्ख्या पुग्ने भनिएको छ।

सरकारले सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबिनै परिषद् बैठक बस्न सक्ने गरी संवैधानिक परिषद् अध्यादेश ल्याएपछि काँग्रेसले उक्त अध्यादेशको विरोध गर्दै आएको छ।