जसपा नेता ठाकुर र महतोले देउवासँग गरे डेढ घण्टा वार्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जसपा नेता ठाकुर र महतोले देउवासँग गरे डेढ घण्टा वार्ता


२६ बैशाख २०७८, आइतबार


काठमाडौँ । जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग डेढ घण्टा वार्ता गरेका छन् ।

आइतबार बिहान देउवा निवास बुढानीलकण्ठ पुगेका महन्थ र ठाकुरले डेढ घण्टा छलफल गरेर फर्किएको जसपाका एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने नदिने बारे देउवासँग छलफल भएको स्रोतको भनाइ छ । यद्यपि भेटवार्तामा के भयो भन्नेबारे भने खुलाइएको छैन ।

जसपाले आगामी सरकारको नेतृत्वको विषयमा कसको पक्षमा उभिने भनेर औपचारिक निर्णय गरिसकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस