बालुवाटारमा संवैधानिक परिषद् बैठक सुरु, प्रधानन्यायाधीश पनि सहभागी « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

बालुवाटारमा संवैधानिक परिषद् बैठक सुरु, प्रधानन्यायाधीश पनि सहभागी


२६ बैशाख २०७८, आइतबार


काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक बसेको छ। बिहान ९ बजे बोलाइएको बैठक ढिला गरी सुरु भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहभागी छन्।

आजको बैठकमा विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी छ । लोक सेवा आयोगलगायतमा पदाधिकारी नियुक्ति गर्न संवैधानिक परिषद् बैठक बसेको हो।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा गएका छैनन्।

सम्बन्धित समाचार : संवैधानिक परिषद्को बैठक बस्दै, देउवा र सापकोटा नजाने

Tags :
प्रतिक्रिया दिनुहोस