सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक


२६ बैशाख २०७८, आइतबार


काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

सोमबार बस्ने प्रतिनिधिसभा बैठकको तयारीका लागि कार्यव्यवस्था समितिको बैठक बोलाइएको उनले बताए । ‘प्रतिनिधिसभा बैठक बस्नु अघि परामर्श समितिको बैठक बस्छ, सांसदहरू कोरोना सङ्क्रमित छन्, बैठक कसरी सञ्चालन गर्नेबारे परामर्श समितिमा छलफल हुने छ’ न्यौपानेले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको संसद् बैठकमा विश्वासको मत लिने निर्णय गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस