अफगानिस्तानमा स्कुललाई लक्षित गर्दै बम हमला, ४० को मृत्यु, २५ घाइते « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

अफगानिस्तानमा स्कुललाई लक्षित गर्दै बम हमला, ४० को मृत्यु, २५ घाइते


२६ बैशाख २०७८, आइतबार


काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित एक स्कुल नजिकै शनिबार बम विस्फोट हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

राजधानी काबुलमा रहेको गर्ल्स स्कुललाई लक्षित गरी बम विस्फोट गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीले यस घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

स्कुलबाट छात्राहरु निस्किरहेको समयमा सुरुमा कार विस्फोट गराइनुका साथै पछि रकेट हमला गरिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

अफगान गृह मन्त्रालयका अनुसार दस्त–ए–बारचीमा रहेको सैयद अल शुहादा गर्ल्स हाई स्कुललाई लक्षित गर्दै उक्त हमला भएको थियो । घटनामा मृत्यु हुनेहरुमा केही स्कुले छात्रा समेत छन् । विस्फोटमा घाइते भएकाहरुलाई नजिकका अस्पताल लगिएको छ ।

हमलाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । यद्यपि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यस क्षेत्रमा रहेका मुस्लिम शिया हजारा समुदायको वाहुल्य रहेको छ । जहाँका स्थानीयहरु ईद उल फितर मनाउन गत साता घर बाहिर निस्किएका थिए ।

उक्त समुदाय वर्षौँदेखि नै सुन्नी इस्लामिक कट्टरपन्थी समूहको निशानामा पर्दैआएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस