डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमल गड्सिलाले आफूले प्रयोग गर्ने गाडी एम्बुलेन्स बनाउने घोषणा गरेका छन् ।
कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण बढ्दै गएपछि बिरामी ओसार पसार गर्ने प्रयोजनका लागि एम्बुलेन्स बनाउने अध्यक्ष गड्सिलाले बताएका छन्।
महामारी बढ्दै गएमा गाउँपालिकामा एक मात्र एम्बुलेन्सले पर्याप्त सुविधा दिन सक्ने अवस्था नरहेको हुँदा आफूले प्रयोग गर्दै आएको बोलेरो जिपलाई एम्बुलेन्स बनाउने निष्कर्मा पुगेको अध्यक्ष गड्सिलाले बताएका छन् ।
नागरिकको सुरक्षा तथा उपचार पहिलो प्राथमिकता भएका कारण राज्यका स्रोत साधन कोभिड विरुद्ध केन्द्रित गर्नु पर्ने अवस्था रहेको गाउँपालिकाले जानकारी दिएको छ ।
कोभिड – १९ सँग जुध्नका लागि सबै प्रकारका तयारीमा जुटेको गाउँपालिकाले विपदमा आफ्नो स्वास्थ्य सुरक्षामा विशेष सावधानी अपनाउन समेत गाउँपालिकाले नागरिकलाई आव्हान गरिएको छ ।
आफूले चढ्दै आएको गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गर्ने उनी डोटी जिल्लाको पहिलो अध्यक्ष हुन् ।