डिभी चिट्ठाको नतिजा सार्वजनिक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

डिभी चिट्ठाको नतिजा सार्वजनिक


२६ बैशाख २०७८, आइतबार


काठमाडौँ । अमेरिकी डिभी चिट्ठाको नतिजा सार्वजनिक भएको छ । काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार गए राति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो ।

डिभी परे/नपरेको नतिजा अनलाइन आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको आधारमा dvprogram.state.gov वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ ।

छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रक्रियाको बारेमा जानकारी सोही वेबसाइटमा नै उपलब्ध रहेको दूतावासले जनाएको छ ।

डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नमागिनेसमेत अमेरिकी दूतावासले स्पष्ट पारेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस