चोरी नियन्त्रणमा सुर्खेत प्रहरीको सफलता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

चोरी नियन्त्रणमा सुर्खेत प्रहरीको सफलता


२६ बैशाख २०७८, आइतबार


सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन महिनामा नै चोरी अपराध घटाएको छ ।

अत्यधिक रूपमा चोरीका घटना बढ्न थालेपछि कार्य योजना नै बनाएर नियन्त्रणमा लागेको प्रहरीले त्रैमासिक तुलनामा चोरीका घटना घटाउन सफल भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार गत कात्तिकमा तीन, मङ्सिरमा चार र पौषमा १८ सहित २५ चोरीका घटना घटेकोमा माघमा दुई, फागुनमा पाँच र चैत्रमा २ गरी जम्मा ९ वटा चोरी भएका छन् ।

सुर्खेतको वीरेन्द्रनगर बजारको हटिया लाइन, बुद्ध पथ लाइन, न्युरोड लाइन र टेम्पोपार्क लगायतका पसल घर तथा बैङ्कहरूमा चोरी अपराध बढेपछि कार्य योजना नै बनाएर लागेको र त्यसमा सफलता प्राप्त गरेको प्रहरी निरीक्षक कनक बहादुर शाहीले बताए ।

शाहीका अनुसार चोरी नियन्त्रणका लागि ३५ जना सादा पोसाकका प्रहरी परिचालन गरिएको थियो । सो क्रममा राती हिँड्ने ७९ जनालाई सोधपुछ गरिएकोमा १२ जनामा चोरी दसीको प्रमाण फेला परेकोले उनीहरुविरुद्ध मुद्दा चलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस