वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने सरकारको निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने सरकारको निर्णय


२५ बैशाख २०७८, शनिबार


काठमाडौँ । सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिड-१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ ।

शनिवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई सुरुवातमा ५ सय शय्याको युनिफाईड कोभिड अस्पताल बनाउने निर्णय गरेको एक मन्त्रीले बताए ।

५०० शय्याबाट सुरु गरेर पछि विस्तार गर्दै लगेर कोभिडविरुद्धको लडाइँमा देशभरिकै अस्पतालहरूको कमान्ड गर्ने ती मन्त्रीको भनाई छ ।

यसअघि सीसीएमसीको बैठकले वीर अस्पतालको नयाँ भवनलाई कोभिड-१९ विशेष अस्पताल बनाउनका लागि मन्त्रिपरिषद् बैठकमा सिफारिस गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस