अक्सिजन अभावका कारण काठमाडौँका चार अस्पतालद्वारा थप कोरोना सङ्क्रमितको उपचार गर्न नसक्ने घोषणा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अक्सिजन अभावका कारण काठमाडौँका चार अस्पतालद्वारा थप कोरोना सङ्क्रमितको उपचार गर्न नसक्ने घोषणा


२५ बैशाख २०७८, शनिबार


काठमाडौँ । अक्सिजन ग्यासको अभाव हुन भएको भन्दै काठमाडौँका चार अस्पतालले कोरोना सङ्क्रमित बिरामीलाई भर्ना गर्न नसकिने जनाएका छन् ।

शनिबार मेडिकेयर अस्पताल लिमिटेड, नेपाल भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर तथा हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालले शनिबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन ग्यासको नियमित आपूर्ति तथा अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएको भन्दै कोरोना सङ्क्रमणका बिरामीलाई भर्ना गरी उपचारमा निरन्तरता दिन नसकिने परिस्थिति सिर्जना भएको जनाएका हुन् ।

अस्पतालले शनिबारदेखि अक्सिजनको नियमित आपूर्ति नभएसम्म सीमित शय्यामात्र सञ्चालन ल्याएर सेवा प्रदान गरिने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस