थप ८४१८ जनामा कोरोना पुष्टि , ५३ को मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

थप ८४१८ जनामा कोरोना पुष्टि , ५३ को मृत्यु


२५ बैशाख २०७८, शनिबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८४१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा शनिबार थप ८ हजार ४१८ जनामा कोरोना सङ्क्रमण देखिएको हो।

मन्त्रालयका अनुसार १७ हजार ३१५ जनाको  पीसीआर परीक्षणबाट ८ हजार २ सय ८७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो भने ८९८ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा सङ्क्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमित समेत गरी नेपालमा हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ३ लाख ८५ हजार ८९० पुगेको छ। जसमध्येका २ लाख ९८ हजार ७६५ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त (निको) भइसकेका छन् भने देशभर हाल ८३ हजार ४९३ जना सक्रिय सङ्क्रमित छन्।

पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ३७० जना सङ्क्रमित सङ्क्रमण मुक्त (निको) भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा थप ५३ जनको मृत्यु भएको छ। विभिन्न अस्पतालमा उपचाररत उनीहरुको गत २४ घण्टाभित्र मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ६३२ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस