नेपाली काँग्रेस संसदीय दलले ओलीविरूद्ध अविश्वास प्रस्ताव नल्याउने « प्रशासन
prasaLogo
२५ बैशाख २०७८, शनिबार

नेपाली काँग्रेस संसदीय दलले ओलीविरूद्ध अविश्वास प्रस्ताव नल्याउने


प्रकाशित मिति : 8 May, 2021 5:31 pm

काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव नल्याउने बताएको छ।

संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गरेको छ ।

प्रधानमन्त्री ओली स्वयंले नै विश्वासको मत लिन खोजिरहेको र उनलाई विश्वासको मत नपुग्ने देखिएपछि काँग्रेसले तत्काल अविश्वास प्रस्ताव ल्याउनु आवश्यक नभएको भन्दै पार्टीले गृहकार्य नगरेको प्रस्टाएको छ।

बैठकले प्रधानमन्त्री विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने र अरु दललाई पनि मत नदिन आग्रह गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

यस्तै बैठकले चैत २१ गते बसेको पार्टी केन्द्रीय कार्यसमितिको निर्णय अनुमोदनसमेत गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस