भारतसँग जोडिएका सबै सीमा नाका बन्द « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भारतसँग जोडिएका सबै सीमा नाका बन्द


२५ बैशाख २०७८, शनिबार


सर्लाही । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि सर्लाहीका सम्पूर्ण सीमा नाका बन्द गरी आवागमन ठप्प पारिएको छ ।

नेपाल सरकारको निर्देशनअनुसार सीमा नाका बन्द गरेर नेपाल–भारत आवतजावत रोकिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

भारतको विहार राज्यमा लकडाउन भएकाले सीमा क्षेत्रबाट हुने आवागमन रोक्न थप सहयोग पुगेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए । सरकारले प्रदेश नं २ महोत्तरीको भिठ्ठामोड, रौतहटको गौर र पर्साको वीरगन्ज नाकाबाट मात्रै आवतजावत गर्न दिने निर्णय गरेको थियो । केही दिनदेखि मङ्गलवार नाकाबाट आवतजावत गर्न दिइएको थियो । अहिले त्यो नाका पूर्ण रूपमा बन्द गरिएको छ ।

नेपालबाट भारत जान खोज्नेलाई नेपालतर्फ नै रोक्ने र भारतबाट नेपालतर्फ आउन खोज्नेलाई भारततर्फ नै रोक्ने गरी दुई देशका सुरक्षा अधिकारीबिच सहमति भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस