त्रिवि शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

त्रिवि शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग


२५ बैशाख २०७८, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ ।

भेन्टिलेटरको अभावमा कोभिड सङ्क्रमितको उपचारका लागि समस्या परेको समाचार आइरहेका बेला महानगरले १० वटा भेन्टिलेटर सहयोग गरेको हो ।

महानगरका प्रमुख मेयर विद्या सुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर ३ का अध्यक्ष शनिबार अस्पताल परिसर पुगी भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर शाक्यले अदृश्य शक्तिको रुपमा अगाडि आएको कोभिड १९ विरुद्ध लडाईमा सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस