आफू चढ्दै आएको गाडी एम्बुलेन्स बनाउने मेयरको घोषणा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आफू चढ्दै आएको गाडी एम्बुलेन्स बनाउने मेयरको घोषणा


२५ बैशाख २०७८, शनिबार


धनुषा । धनुषा शहिदनगर नगरपालिकाका नगर प्रमुख (मेयर) ले कोरोना सङ्क्रमितहरूको सुविधाका लागि आफू चढ्दै आएको गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेका छन् ।

शनिबार शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया यादवले चढ्दै आएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका हुन् ।

कोरोना सङ्क्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिरहँदा सङ्क्रमितलाई एम्बुलेन्स पाउन समस्या भइरहेकाले आफ्नो गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको जनाएका हुन् ।

उनले एम्बुलेन्सको आवश्यक परेमा आफ्नो मोबाइल वा गाडी चालकको मोबाइलमा फोन गर्न नगरवासीसँग आग्रह समेत गरेका छन् ।

शहिदनगर नगरपालिकामा यसबाहेक २ वटा एम्बुलेन्स रहेको पनि नगर प्रमुख बरबरियाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस