भारतको आन्ध्र प्रदेशमा खानी दुर्घटना, १० जनाको मृत्यु भएको आशङ्का « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भारतको आन्ध्र प्रदेशमा खानी दुर्घटना, १० जनाको मृत्यु भएको आशङ्का


एजेन्सी

२५ बैशाख २०७८, शनिबार


नयाँ दिल्ली । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा शनिबार एउटा खानीमा भएको विस्फोटमा कम्तीमा १० जना मजदुरको ज्यान गएको छ ।

अधिकारीहरुका अनुसार आन्ध्र प्रदेशको मुख्य शहर अमरावतीबाट करिब २८१ किलोमिटर दक्षिण पश्चिमको मामिलापाल्ले गाउँमा रहेको चुन खानीमा उक्त विस्फोट भएको थियो ।

खानी भित्र त्रुटिबस एउटा डेटोनेटर पड्काउँदा विस्फोट भएको र त्यहाँ कार्यरत मजदुरका शरीर क्षतविक्षत भएर हावामै उडेको प्रत्यक्षदर्शीले बताएका छन् ।

उक्त दुर्घटनामा अझै दश जना हराइरहेको बताइएको छ भने मृतक पाँच जनाको पहिचान खुलेको छ ।

दुर्घटना लगत्तै प्रहरी र स्थानीयवासीहरू खानीका मजदुरको खोज तथा उद्धारका लागि परिचालन भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस