संवैधानिक परिषद्काे बैठकमा काँग्रेस सहभागी नहुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संवैधानिक परिषद्काे बैठकमा काँग्रेस सहभागी नहुने


२५ बैशाख २०७८, शनिबार


काठमाडौँ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहभागी नहुने भएको छ । सरकारले संवैधानिक संरचनालाई भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन नसकिने सभापति शेरबहादुर देउवाले बताएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै सरकारले ल्याएका अध्यादेश संविधानको विशिष्ठ व्यवस्था र मूल भावना विपरित रहेको भन्दै देउवाले संवैधानिक निकायमा पार्टीगत नियुक्ति गर्ने कलुषित मनसायबाट प्रेरित भएको बताएका छन् ।

उनले प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषदको बैठकमा सहभागि नहुन परिषद्का अन्य सदस्यहरुलाईसमेत आग्रह गरेका छन् ।

‘संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेश मार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावनाविपरीत, संसदीय मूल्य, मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुँदा उक्त बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यहरुलाई समेत आव्हान गर्दछु’, सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति :

 

Tags :
प्रतिक्रिया दिनुहोस