अख्तियारका पूर्व प्रमुख आयुक्त बस्नेतलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश « प्रशासन
prasaLogo
२४ बैशाख २०७८, शुक्रबार

अख्तियारका पूर्व प्रमुख आयुक्त बस्नेतलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश


प्रकाशित मिति : 7 May, 2021 4:41 pm

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेतलाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।

सर्वोच्चले शुक्रवार उनलाई पाँच लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको हो ।

तत्कालीन भौतिक पूर्वाधार सचिव हुँदा बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको देखिएपछि आयोगले पूर्व प्रमुख आयुक्तविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले २०७७ मङ्सिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो । थुना बाहिरै बसेर मुद्दा लड्न माग गर्दै उनी सर्वोच्च अदालत गए पनि उनको माग सुनुवाइ भएको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस