रौतहटमा आजदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रौतहटमा आजदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा


२४ बैशाख २०७८, शुक्रबार


रौतहट । कोरोना संक्रमणको दोश्रो लहर समुदाय स्तरमै फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले शुक्रबार (आज)देखि निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रका पदाधिकारीको संयुक्त बैठकले गरेको सिफारिसको आधारमा प्रशासनले बैशाख २४ गते राति १२ बजेदेखि वैशाख ३१ गतेसम्मका निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर निस्कन निषेध गरेको छ । स्वास्थ्य, विद्युत, दुरसंचार, खानेपानी, दुध, फोहर मैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी आपूर्ति बाहेकका अन्य सवै निकाय र सेवालाई पनि निषेध गरिएको छ । एम्बुलेन्स, सव वाहन, दमकल लगायत सवारी पास प्राप्त सवारी साधनलाई मात्र सञ्‍चालनको अनुमति दिइएको छ ।

होटेल, रेष्टुरेन्ट, कपडा पसल, जिमखाना, शैक्षिक सँस्था, ब्युटी पार्लर तथा हाट बजार, विवाह, व्रतवन्ध तथा मृत्यु संस्कार लगायतका संस्कारजन्य कार्यमा भौतिक दूरी कायम गर्दै बढीमा १५ जनासम्म उपस्थित हुन पाउने व्यवस्था गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस