मध्य भोटेकोशीले आईपीओ विक्रि स्थगित गर्यो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मध्य भोटेकोशीले आईपीओ विक्रि स्थगित गर्यो


२४ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत कम्पनीले स्थानीय बासिन्दाको लागि विक्रिमा ल्याएको आईपीओ विक्रि स्थगित गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै वैशाख २१ गतेबाट विक्रि खुल्ला गरेको आईपीओ परिस्थिति ठिक नभएसम्मका लागि स्थगित गरेको जानकारी गराएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रतिशेयर १०० अंकितमुल्यका ६० लाख कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।यस्तै कम्पनीले कुल कित्ता मध्ये १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक भोटेकोशीका वडा १ र ५, बाह्रबिसे नगरपालिकाको ५, ६, ७, ८ वडाका बासिन्दालाई छुट्टाएको छ । बाँकी रहेको ४२ लाख कित्तामा सिन्धुपाल्चोकका अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाको लागि छुट्टाइएको छ ।

कम्पनीको अनुसार शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ४०० कित्ताका लागि छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म आवेदन दिन सक्ने मिति तोकेको थियो ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकहरु प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस