एमालेका शीर्ष नेता बैठक बालुवाटारमा बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमालेका शीर्ष नेता बैठक बालुवाटारमा बस्दै


२४ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेताहरू आज बालुवाटारमा बैठक बस्ने भएका छन्।

बागमती प्रदेशमा रिक्त एक जना राष्ट्रिय सभा सदस्य पदका लागि जेठ ६ मा हुने उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार तय गर्न र वैशाख २७ मा प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने भनेकोले त्यसबारे तयारी गर्न शीर्ष नेताबिच छलफल हुन लागेको बालुवाटार स्रोतले बताएको छ ।

उपनिर्वाचनका लागि आज १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको मनोनयन गर्नुपर्नेछ।

केहीबेरमा बस्न लागेको शीर्ष नेताहरूको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल हुने ती नेताको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस