तीन सह सचिवको हेरफेर, जिम्मेवारी निर्वाह गर्न नसकेपछि विभाग तानिए सूनील « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तीन सह सचिवको हेरफेर, जिम्मेवारी निर्वाह गर्न नसकेपछि विभाग तानिए सूनील


२४ बैशाख २०७८, शुक्रबार


डाक्टर

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीन जना सह सचिवको जिम्मेवारी हेरफेर गरेको छ ।

स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले मन्त्रिस्तरीय निर्णयबाट मदनकुमार उपाध्याय, राधिका थपलिया र सुनिलकुमार शर्मालाई परिवर्तन गरेका हुन् ।

मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखा प्रमुख मदनकुमार उपाध्यायलाई गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी दिइएको छ । स्वास्थ्य, शिक्षा सूचना तथा सञ्चार केन्द्रमा राधिका थपलियालाई पठाइएको छ । उक्त महाशाखा प्रमुख सुनिलकुमार शर्मालाई स्वास्थ्य सेवा विभागमा तानिएको छ।

स्वास्थ्य सम्बन्धी प्रचारप्रसार प्रसार गर्ने काम केन्द्रले गर्दै आएको भए पनि शर्माले सेटिङमा बजेट सिध्याउँदै आएका थिए । यसअघि पनि लामो समय केन्द्रमा रहँदा करोडौँ रकम सेटिङका एजेन्सीलाई बाडेको आरोप लाग्दै आएका उनले विश्व महामारीका बेलासमेत प्रचार प्रसारको जिम्मेवारी निर्वाह गर्न नसकेपछि मन्त्री त्रिपाठीले विभाग तानेका हुन् । केन्द्रमा मुख्य गरी शर्मा र कुञ्जकुमार जोशीले राइँदाइँ गर्दै आएको र सबैतिर मिलाउन सक्ने भएकैले कामै नगर्दा पनि उनीहरू केन्द्रमा टिक्ने गरेको विभाग स्रोतको भनाई छ ।

त्यसो त केही समय अघि राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका एक जनस्वास्थ्य अधिकृत जनचेतनामूलक सामग्रीहरू रेडियोमा प्रचारप्रसार गर्न कोटेसन दिई कार्य सम्पन्न गरी भुक्तानी गरे पश्चात् कमिसन बापत एक लाख घुस लिइसकेको अवस्थामा बबरमहल स्थित बन विभागको परिसरबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकम सहित रङ्गे हात पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस