बिहीबार मध्यरातदेखि चार्टर्ड तथा उद्धार उडानबाहेक अन्तर्राष्ट्रिय उडान बन्द « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बिहीबार मध्यरातदेखि चार्टर्ड तथा उद्धार उडानबाहेक अन्तर्राष्ट्रिय उडान बन्द


२४ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । कोरोना सङ्क्रमणका कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानहरू बन्द भएका छन् ।

बिहीबार मध्यरातदेखि चार्टर्ड तथा उद्धार उडानबाहेक अन्य अन्तर्राष्ट्रिय उडानहरू बन्द गरिएको हो ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरेको थियो ।

नेपाल र भारतबिच ‘एयर बबल’ सम्झौता अनुरूप दुई देशबिच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

अघिल्लो वर्ष कोभिड-१९ सङ्क्रमणको पहिलो लहर नेपालमा फैलिएपछि महामारी नियन्त्रणका लागि सरकारले चैत ११ देखि देशभर लकडाउन गरेको थियो । चैत १० देखि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान स्थगन गरिएको थियो । महामारी घटेपछि गत भदौ १६ गतेबाट अन्तर्राष्ट्रिय तथा असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालनमा ल्याइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस