चौबीसै घण्टा अक्सिजन उद्योग सञ्चालन गर्न ललितपुर प्रशासनको निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चौबीसै घण्टा अक्सिजन उद्योग सञ्चालन गर्न ललितपुर प्रशासनको निर्देशन


२३ बैशाख २०७८, बिहिबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लामा सञ्चालित अक्सिजन उत्पादन गर्ने तीन वटा उद्योगलाई चौबीसै घण्टा सञ्चालन गर्न निर्देशन दिएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको नेतृत्वमा खटिएको टोलीले बिहीबार पाटनको सगरमाथा अक्सिजन नेपाल प्रालि, हरिसिद्धिमा रहेको कान्तिपुर अक्सिजन प्रालि र महालक्ष्मी नगरपालिकामा रहेको सोपान मेडिकल अक्सिजनको निरीक्षण गर्दै देशभर देखिएको अक्सिजन अभावलाई ध्यानमा राखी चौबीसै घण्टा उद्योग सञ्चालन गर्न निर्देशन दिएको हो ।

तीन वटै उद्योगलाई अक्सिजन वितरणको विवरण राखी जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र९डीसीसीएमसी०लाई जानकारी गराउन पनि प्रशासनले निर्देशन दिएको छ ।

तीन वटै उद्योगमा दैनिक जम्मा २ हजार ७ सय सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस