गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि २७ गते मतदान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि २७ गते मतदान


२३ बैशाख २०७८, बिहिबार


काठमाडौँ । सांसद सम्पर्कविहीन भएपछि स्थगित भएको गण्डकी प्रदेशको प्रदेशसभा बैठक २७ गते बस्ने भएको छ ।

उक्तदिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ ।

कार्यव्यवस्था परामर्श समितिको बिहीबार बसेको बैठकमा सभामुखले २७ गते बैठक राख्ने भनेका हुन् । सत्तारुढ नेकपा एमालेले २८ र विपक्षी दलहरुले २६ गते नै बैठक बस्नुपर्ने बताएपछि सभामुखले २७ गते प्रस्ताव गरे । त्यो कुरामा दलहरु भने, सहमत भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस