बारामा करेन्ट लागेर एकजना महिलाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बारामा करेन्ट लागेर एकजना महिलाको मृत्यु


२३ बैशाख २०७८, बिहिबार


वीरगञ्ज । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–६ पर्सा टोल बस्ने २० वर्षीया रोशना खातुनको मृत्यु भएको हो ।

घरको कल धारामा जडान गरिएको मोटर चलाउने क्रममा तार सर्ट भई करेन्ट लागेर उनी घाइते भएकी थिइन ।

कलैया अस्पतालमा उपचारको क्रममा उनको बिहीबार दिउँसो १स्२५ बजे मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस