रुपन्देहीको निषेधाज्ञामा थप कडाइ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

रुपन्देहीको निषेधाज्ञामा थप कडाइ


२३ बैशाख २०७८, बिहिबार


बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा थप कडाइ गरिएको छ । बिहीबार बसेको जिल्लास्तरीय कोभिड संकट व्यस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख ३० गतेसम्म यसअघि नै जारी भएको निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय गरेको हो ।

डीसीसीएमसीको बैठकले एक–एक जना प्राविधिक जनशक्तिबाट सेवा प्रदान गर्ने गरी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु वैशाख ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

यस्तै अक्सिजन व्यवस्थापनका लागि जिल्लामा रहेका तीनवटा अक्सिजन उद्योगहरु शंकर अक्सिजन ग्यास प्रालि,लुम्बिनी अक्सिजन इण्डस्ट्रिज र लुम्बिनी अक्सिजन इण्डस्ट्रिज प्रालिमा नेपाल प्रहरीले निगरानी गर्ने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस