सिरहाका कोरोना संक्रमितकाे धरानमा मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिरहाका कोरोना संक्रमितकाे धरानमा मृत्यु


२३ बैशाख २०७८, बिहिबार


काठमाडौँ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सिरहा गोलबजार–६ का २९ वर्षीय युवकको उपचारका क्रममा बिहीबार ११ः१५ बजे मृत्यु भएको हो । वैशाख १२ गते उनलाई संक्रमण पुष्टि भएको थियो ।

विराटनगरस्थित नोबल मेडिकल कलेजले संक्रमण पुष्टि गरेसँगै उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा रिफर गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस