लागूऔषधसहित दुई जना पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लागूऔषधसहित दुई जना पक्राउ


२३ बैशाख २०७८, बिहिबार


सुर्खेत । सुर्खेतमा लागूऔषध (ब्राउनसुगर‌) सहित दुई जना पक्राउ परेका छन् ।

दैलेखको डुङ्गेश्वर गाउँपालिका–७ का हिमाल आलेमगर र वीरेन्द्रनगर–४ सुर्खेतका धिरज खत्री पक्राउ परेको हुन् ।

उनीहरूको साथबाट चार ग्राम बराबरको ४१ पुरिया लागूऔषध बरामद भएको छ । विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले वीरेन्द्रनगरको नयाँ बसपार्कबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरु दुवै जनालाई बुधबार साँझ पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस