बालुवाटारमा एमाले स्थायी कमिटी बैठक सुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक सुरु


प्रशासन संवाददाता

२३ बैशाख २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।

बिहीबार बिहान १० बजेका लागि बैठक बोलाइए पनि ११ बजेपछि बैठक सुरु भएको हो ।

एमालेमा १९ जना स्थायी कमिटी सदस्य छन्। नेता झलनाथ खनाल र माधव नेपाल पक्षविनै ओलीले केही समयअगाडि स्थायी कमिटी गठन गरेका थिए।

आज बसेको स्थायी कमिटीले राष्ट्रिय सभाको उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार तय गर्ने सम्भावना छ। बागमती र लुम्बिनी प्रदेशमा एक एक पद रिक्त छ। त्यसका लागि जेठ ६ र १७ गते उपनिर्वाचन तोकिएको छ।

आज स्थायी कमिटी बैठकमा समग्र राजनीतिक घटनाक्रमबारे छलफल हुने सम्भावना रहेको एक स्थायी कमिटी सदस्यले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस