विश्वासको मत सम्भव नभएको प्रधानमन्त्रीलाई देउवाको जवाफ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विश्वासको मत सम्भव नभएको प्रधानमन्त्रीलाई देउवाको जवाफ


२२ बैशाख २०७८, बुधबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ ।

एमाले नेताहरूसहित काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीलाई काँग्रेस सभापति देउवाले विश्वासको मत दिन नसकिने बताएका हुन्।

बुधवार देउवा निवास पुगेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका प्रधानमन्त्री ओलीलाई जवाफमा देउवासहितका काँग्रेस नेताहरूले विश्वासको मत दिन नसकिने बताएको काँग्रेस नेता प्रकाश शरण महतले बताए।

‘मूलभूत रूपमा उहाँले विश्वासको मत मैले लिइरहेको छु। यसमा काँग्रेसको सहयोगको अपेक्षा छ भन्नुभयो। हामीले काँग्रेस विपक्षी पार्टी हो। अहिले हामीले तपाईँलाई सहयोग गर्ने अवस्था छैन भन्ने कुरा राख्यौँ’, महतले भने।

प्रधानमन्त्री ओलीले आउँदो २७ वैशाखमा प्रतिनिधि सभाबाट विश्वासको मत लिने तय भएको छ।

भेटमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसहित एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल र नेताहरू सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा ुबादलु, विष्णु पौडेल सहभागी थिए।

काँग्रेसका तर्फबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, विमलेन्द्र निधी, शशाङ्क कोइराला, पूर्णबहादुर खड्का, प्रकाश शरण महतलगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस