सीमासँग जोडिएका सिरहाका सबै नाका बन्द « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सीमासँग जोडिएका सिरहाका सबै नाका बन्द


२२ बैशाख २०७८, बुधबार


लहान । नेपाल–भारतसँग जोडिएका सिरहाका सबै सिमानाका सिल गरिएको छ ।

कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा फैलिँदै गएपछि रोकथाम तथा निन्त्रणका लागि भन्दै सिरहाका सबै सिमानाका सिल गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेँलले जानकारी दिए ।

भारतीय सिमाक्षेत्रसँग जोडिएका ठाडी, बरियारपट्टी, औरही, झाझपट्टीलगायत सबै नाकाबाट आवतजावत गर्न अब पूर्ण रोक लगाइएको प्रजिअ कडेँलले बताए । बढ्दो कोभिड–१९ को जोखिमलाई दृष्टिगत गरी भारतीय सिमासँग जोडिएका नाकाहरू सिल गरिएको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस