बिहे र व्रतबन्धमा अन्तर जिल्ला आवतजावत गर्न पाइने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बिहे र व्रतबन्धमा अन्तर जिल्ला आवतजावत गर्न पाइने


२२ बैशाख २०७८, बुधबार


काठमाडौँ । उपत्यकामा लागु गरिएको निषेधाज्ञा अवधिमा बिहे र व्रतबन्धजस्ता संस्कारको हकमा बढीमा १५ जना सहभागी हुने पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधवार सूचना जारी गर्दै बिहे र व्रतबन्धजस्ता संस्कारको हकमा २ वटा सवारी साधन प्रयोग गर्न पाइने र जिल्लाभित्र वा अन्तर जिल्लामा आवतजावत गर्न पाइने निर्णय गरेको हो ।

मृत्यु संस्कारको लागि जानुपर्ने वा फर्कनुपर्ने अवस्थामा मृत्यु दर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिस, परिचय खुल्ने कागजातको प्रतिलिपिसहित निवेदन पेस गर्नुपर्ने भएको छ ।

काठमाडौँ जिल्लाभित्रका बिरामी वा कुरुवाहरूले अस्पतालको भर्ना कार्ड वा रिपोर्ट कार्डका आधारमा आवतजावत गर्न पाउने भएका छन् । परिवारका सदस्य वा आफन्त बिरामी भई काठमाडौँ बाहिर जानुपर्ने अवस्थामा बिरामीको रिपोर्ट कार्ड र परिचय खुल्ने कागजात पेस गर्नुपर्ने भएको छ ।

सुरक्षा गार्डको हकमा परिचय खुल्ने कागजपत्र र पोसाक लगाएर ड्युटीमा आवतजावत गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले बुधवारदेखि एक साता थप गर्दै २९ गते मध्यरातसम्म निषेधाज्ञा लम्बाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस