२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपाङ्गताका स्वास्थ्य र पुनः स्थापनामा नीतिगत सम्बोधन गर्न आग्रह

अ+ अ-

पोखरा । अपाङ्गता भएकाहरुको अवस्थाको पहिचानसहित उपचार र पुनः स्थापनामा राज्यले विशेष जोड दिएर नीति बनाउनुपर्नेमा सरोकार पक्षले जोड दिएको छ ।

अपाङ्गताका लागि स्वावलम्बन जीवनपद्धति केन्द्र–पोखरा र राष्ट्रिय अपाङ्ग महासङ्घ, गण्डकी प्रदेशका संयुक्त आयोजनामा प्रदेशस्तरीय नीति तथा योजना तर्जुमामा अपाङ्गताको स्वास्थ्य र पुनस्थापना सम्बन्धी भर्चुअल अन्तरक्रियामा सहभागीले आफ्नो अनुभव सुनाउँदै नीतिगत सम्बोधनका लागि सुझाव दिएका हुन् ।

कार्यक्रममा नेपाल अपाङ्ग महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले अपाङ्गता व्यक्तिका लागि प्रादेशिक स्वास्थ्य नीतिमा समावेश गर्नुपर्ने विषयमाथि कार्यपत्र प्रस्तुत गर्दै अपाङ्गताको अधिकारसम्बन्धी महासन्धिको धारा २५ मा उल्लिखित बुँदा, नेपालको संविधानमा उल्लिखित स्वास्थ्य नीति, अपाङ्गताका विषय र समस्या, उद्देश्य, नीति, रणनीतिसहित अपेक्षित उपलब्धि बारेमा प्रष्ट पारेका थिए ।

विशेष गरी नियमित औषधि सेवन गर्नेहरुका लागि आर्थिक समस्या, अपाङ्गमैत्री अस्पतालको अभावमा सहज स्वास्थ्य पहुँच अभाव, अस्पतालमा दोभासे नहुँदा असहजता, स्वास्थ्य बीमा निश्चित अस्पतालमा मात्र हुँदा सेवा उपभोगमा समस्या, अपाङ्गता महिलाका प्रजनन स्वास्थ्यमा देखिएको जटिलतालगायत विषयमा सुझाव दिइएको थियो । परिवारका दुवै वा एक व्यक्ति अपाङ्गता छन् भने उनीहरुका सन्तानको स्वास्थ्योपचारमा पनि राज्यको विशेष नीति आवश्यक रहेको औँल्याइएको थियो ।

कार्यक्रममा स्वावलम्बन जीवन पद्धति केन्द्र–पोखराका अध्यक्ष हेम गुरुङले प्रदेशमा स्वास्थ्य नीति निर्माणका लागि अघि बढेका अवस्थामा अपाङ्गता भएकाको स्वास्थ्य र पुनःस्थापनाका विषयलाई विशिष्टीकृत रूपमा सम्बोधन गर्नुपर्ने बताए। मनोपरामर्शकर्ता जमुना शर्माले अपाङ्गता भएका व्यक्ति सहज रुपमा स्वास्थ्य पहुँचमा पुग्न नसक्दा थुप्रै मानसिक समस्या देखिने गरेको जनाउँदै यसतर्फ पनि नीतिगत रुपमै सम्बोधन हुनुपर्ने धारणा राखे।

स्वावलम्बन जीवनपद्धति केन्द्र–पोखराका महासचिव अञ्जना केसीले न्यूनदृष्टियुक्त, सुस्त श्रवणयुक्त, अटिज्म, शारीरिक अपाङ्गता, बौद्धिक अपाङ्गता, हेमोफिलियाग्रस्तलगायत सहभागी रहेको र तिनले आआफ्ना क्षेत्रको समस्यासहित सुझाव दिएको बताए । उनले दश वर्षे स्वास्थ्य रणनीति बन्दै गर्दा अपाङ्गताका स्वास्थ्य र पुनःस्थापनाका विषय पनि समेटेर नीति बनाउनुपर्ने उद्देश्यले सुझाव सङ्कलनका लागि कार्यक्रम आयोजना गरिएको बताए ।