कोभिड अस्पताललाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्न निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोभिड अस्पताललाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्न निर्देशन


२२ बैशाख २०७८, बुधबार


कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी नेतृत्वको टोलीले धनगढीको पुरानो भन्सार रोडस्थित मालिका अक्सिजन ग्यास उद्योगको आज अनुगमन गरेको छ ।

उद्योगको अनुगमन गर्ने क्रममा मन्त्री सुवेदीले पुरा क्षमताअनुसार अक्सिजन ग्यास उत्पादन गर्न ग्यास उद्योगका सञ्चालकलाई निर्देशन दिए। उनले ग्यास सञ्चालनमा केही कठिनाइ, पेस्की रकम, जनशक्तिको अभाव, विद्युतीय समस्या लगायतका समस्या आइपरेमा मन्त्रालयमा आउन आग्रह गरे ।

विद्युत् महसुलमा प्रदेश सरकारबाट अनुदानको पहल गर्ने मन्त्री सुवेदीले प्रतिबद्धता व्यक्त गरे । साथै उनले सरकारी र कोभिड अस्पताललाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्न निर्देशन दिए। अनुगमनमा सामाजिक विकासमन्त्री सुवेदी, प्रदेशको सामाजिक विकास समितिका सभापति कुन्ति जोशी र सचिव रघुराम विष्ट लगायतको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस