२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गैँडाकोटमा अत्यावश्यक बाहेकका सेवा बन्द

अ+ अ-

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको कारण आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले नगरपालिकाभित्र भिडभाड, सभा सम्मेलन, समारोह, भेलाजस्ता कार्यहरु नगर्नसमेत स्थानीयवासीलाई आग्रह गरेका छन्। ‘नयाँ भेरियन्टसहित फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट थप क्षति हुन नदिनका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ’, पौडेलले भने, ‘निषेधाज्ञा अवधिभर गैँडाकोट नगरपालिकाबाट प्रवाह हुने सेवामध्ये अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरेका छौँ ।’ जिल्लाका स्थानीय तहहरुमध्ये सबैभन्दा बढी सङ्क्रमित गैँडाकोट नगरपालिकाभित्र रहेका भन्दै उनले निषेधाज्ञाको पूर्ण पालना गर्नसमेत नगरवासीलाई आग्रह गरेका छन् ।

स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का अनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४१४ पुगेको छ । स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईंले सक्रिय सङ्क्रमितमध्ये गैँडाकोट नगरपालिकामा मात्रै १४६ जना रहेका जानकारी दिए ।

त्यस्तै, कावासोतीमा १०८, विनयी त्रिवेणीमा ५०, मध्यविन्दु र देवचुलीमा ३४/३४, हुप्सेकोटमा २२, बौदिकालीमा दुई र बुलिङटारमा एकजना सक्रिय सङ्क्रमित रहेका चापागाईंले बताए ।

जिल्लामा पछिल्लो २४ घण्टामा ७९ जना कोरोना सङ्क्रमित थपिएका भन्दै चापागाईंले मङ्गलबार १० जना सङ्क्रमित निको भएका जानकारी दिए । दोस्रो लहरमा कोरोना फैलिएसँगै जिल्लामा चार जना सङ्क्रमितले ज्यान गुमाएका चापागाईंको भनाइ छ । तीव्र रूपमा फैलिरहेको कोरोना सङ्क्रमण नियन्त्रणका लागि जिल्लामा थप आइसोलेशन केन्द्र निर्माण गर्न स्थानीय तहहरुलाई आग्रह गरिएको उनले बताए ।

हाल जिल्लाका विभिन्न अस्पताल र स्थानीय तहमा गरी जम्मा ६१ श्ययाको आइसोलेशन रहेको चापागाईंले बताए । मध्यविन्दु जिल्ला अस्पताल डण्डामा १७, हुप्सेकोट गाउँपालिकामा १०, मध्यविन्दु नगरपालिकामा नौ तथा गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, बुलिङ्टार गाउँपालिका, बौदिकाली गाउँपालिकामा ५/५ श्ययाका आइसोलेशन केन्द्र रहेको चापागाईंले जानकारी दिए । जिल्ला सदरमुकामसमेत रहेको कावासोती नगरपालिकाले भने आइसोलेशन केन्द्र निर्माण गरेको छैन ।