माओवादीले बुझायो समर्थन फिर्ताको पत्र संसद् सचिवालयलाई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

माओवादीले बुझायो समर्थन फिर्ताको पत्र संसद् सचिवालयलाई


२२ बैशाख २०७८, बुधबार


तस्बिर : सभामुखको सचिवालय ।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि माओवादी केन्द्रले आज सरकारलाई गरेको समर्थन फिर्ता लिएको जानकारीसहित संसद् सचिवालयलाई पत्र बुझाएको हो ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । माओवादी केन्द्रका प्रतिनिधिसभामा ५० सदस्य छन् ।

सरकारले वैशाख २७ गते संसद् अधिवेशन बोलाई विश्वासको मत लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते संसद् अधिवेशन आह्वान गरेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस