२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मालीमा २५ वर्षीया महिलाले एकै साथ जन्माइन नौ बच्चा

अ+ अ-

एजेन्सी । मालीमा एक महिलाले नौ वटा शिशुलाई एकै साथ जन्म दिएकी छन् । अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै आफ्नो देशकी २५ वर्षीया महिलाले नौ शिशु एकै साथ जन्माएको जानकारी दिएको छ ।

यो अहिलेसम्मकै दुर्लभ घटना भएको शल्यक्रियामा संलग्न डाक्टरहरूले भनेका छन् । बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेपनि नौ बच्चालाई बचाउनु चुनौतीपूर्ण रहेको चिकित्सकहरूको भनाई छ ।

मालीको स्वास्थ्य मन्त्रालयले बच्चाहरूको फोटो वेबसाइटमा राखी विज्ञप्ति सार्वजनिक गरेको छ । स्वास्थ्य तथा सामाजिक विकासमन्त्री डाक्टर फान्ता सिबेले मोरक्कोको एक अस्पतालमा हालिमा सिसे नामकी महिलाले पाँच छोरी र चार छोरालाई एकै साथ जन्माएको उल्लेख गरेकी छन् । मङ्गलबार ती महिलाको अप्रेशन गरिएको थियो ।

हालिमा सिसेको बच्चा जन्मनुअघि अल्ट्रासाउन्डमा सात वटा बच्चा मात्रै देखिएको पनि मालीका नेता तथा उच्च अधिकारीहरुले चासोका साथ हेरिरहेका थिए । उनको स्वास्थ्य अवस्थालाई चिकित्सकहरूले विशेष विशेषज्ञता चाहिने बताएपछि मालीका अन्तरिम राष्ट्रपतिले सरकारले खर्च व्यहोर्ने गरी उनलाई मोरक्को पठाएका थिए ।