मालीमा २५ वर्षीया महिलाले एकै साथ जन्माइन नौ बच्चा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मालीमा २५ वर्षीया महिलाले एकै साथ जन्माइन नौ बच्चा


एजेन्सी

२२ बैशाख २०७८, बुधबार


एजेन्सी । मालीमा एक महिलाले नौ वटा शिशुलाई एकै साथ जन्म दिएकी छन् । अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै आफ्नो देशकी २५ वर्षीया महिलाले नौ शिशु एकै साथ जन्माएको जानकारी दिएको छ ।

यो अहिलेसम्मकै दुर्लभ घटना भएको शल्यक्रियामा संलग्न डाक्टरहरूले भनेका छन् । बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेपनि नौ बच्चालाई बचाउनु चुनौतीपूर्ण रहेको चिकित्सकहरूको भनाई छ ।

मालीको स्वास्थ्य मन्त्रालयले बच्चाहरूको फोटो वेबसाइटमा राखी विज्ञप्ति सार्वजनिक गरेको छ । स्वास्थ्य तथा सामाजिक विकासमन्त्री डाक्टर फान्ता सिबेले मोरक्कोको एक अस्पतालमा हालिमा सिसे नामकी महिलाले पाँच छोरी र चार छोरालाई एकै साथ जन्माएको उल्लेख गरेकी छन् । मङ्गलबार ती महिलाको अप्रेशन गरिएको थियो ।

हालिमा सिसेको बच्चा जन्मनुअघि अल्ट्रासाउन्डमा सात वटा बच्चा मात्रै देखिएको पनि मालीका नेता तथा उच्च अधिकारीहरुले चासोका साथ हेरिरहेका थिए । उनको स्वास्थ्य अवस्थालाई चिकित्सकहरूले विशेष विशेषज्ञता चाहिने बताएपछि मालीका अन्तरिम राष्ट्रपतिले सरकारले खर्च व्यहोर्ने गरी उनलाई मोरक्को पठाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस