निषेधाज्ञामा टेलिकमले ल्यायो आकर्षक भ्वाइस तथा डेटा प्याकहरू « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निषेधाज्ञामा टेलिकमले ल्यायो आकर्षक भ्वाइस तथा डेटा प्याकहरू


२२ बैशाख २०७८, बुधबार


नेपाल टेलिकम

दास्रो लहरको कोरोना भाइरस महामारी फैलिएसागै हाल काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञाको समयमा टेलिकमले सेवाग्राहीका लागि आकर्षक भ्वाइस तथा डेटा प्याकहरु ल्याएको छ । प्रयोगकर्ताले उक्त डेटा तथा भ्वाइस प्याकहरु लामो र छोटो दुवै समयमा उपयोग गर्न सक्ने छन् । प्याकहरु निकै उपयोगी रहेको टेलिकमले जनाएको छ ।

यस्ता छन् कम्पनीका आकर्षक प्याकहरु

१. वान जीबी पर डे विथ बोनस भ्वाइस प्याक
२८ दिनसम्म प्रत्येक दिन १ जीबी डेटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने यो प्याक केवल ६४९ रुपैयाँमा उपलब्ध छ । सेवाग्राहीले आवश्यकता अनुसार डेटा चलाउन र कुराकानी समेत गर्न सक्ने भएकाले यो प्याक निकै लोकप्रिय छ । आफ्नो मोबाइलबाट *1415*1*8*2# डायल गरी यो अफर लिन सकिन्छ ।

२. ७ दिनका लागि १.५ जीबी डेटा
१.५ जीबी डेटा ७ दिनसम्म प्रयोग गर्न मिल्नेगरी कम्पनीले यो प्याक ल्याएको हो । नेपाल टेलिकमले स्प्रिङ अफर अन्तर्गत अल टाइम डेटा प्याकको रुपमा रहेको यो प्याक ९५ रुपैयाँमा उपलब्ध छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट *1415*1*1*4# डायल गर्नुहोस् ।

३. दुई घण्टासम्म चल्ने अनलिमिटेड डेटा प्याक
दुई घण्टासम्म असीमित डेटा चलाउन सकिने गरी यो प्याक ल्याइएको हो । ३० रुपैयाँमा उपलब्ध यो डेटा प्याक लिनका लागि मोबाइलमा *1415*8*2# डायल गर्नुपर्ने हुन्छ ।

४. ५०० एमबी पर डे डेटा प्याक
२९९ रुपैयाँमा उपलब्ध यो डेटा प्याकमा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डेटा पाउन सकिन्छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट *1415*1*9*3# डायल गर्नुपर्ने हुन्छ ।

तपाईंले यसरी लिएको डेटा अन्य मोबाइल वा ल्यापटपमा समेत प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि मोबाइलमा हटस्पट बनाएर अन्य मोबाइल वा ल्यापटपमा वाईफाईको रुपमा कनेक्ट गर्नुपर्ने हुन्छ ।

टेलिकमका मोबाइल प्रयोगकर्ताले *1415# डायल गरी प्राप्त निर्देशन अनुसार विभिन्न प्याक खरिद गर्न सक्दछन् । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

त्यसैगरी कम्पनीको वेबसाइटमार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस