कर्मचारीमा कोरोना सङ्क्रमण, सेवा बन्द « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्मचारीमा कोरोना सङ्क्रमण, सेवा बन्द


२२ बैशाख २०७८, बुधबार


डोटी । बडिकेदार गाउँपालिकामा कार्यरत चार कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि एक साताका लागि सेवा बन्द गरिएको छ ।

गाउँपालिकाले स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गरेको हो । गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दका अनुसार चार कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भयो ।

सोही कारण सेवा लिन आउनेलाई सङ्क्रमण नहोस् भन्ने उद्देश्यले स्वास्थ्य बाहेकका सबै सेवा बन्द गरिएको हो ।

जिल्लामा हालसम्म १७३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । भारतबाट रोजगारी गरी घर फर्किएका नागरिकमा देखिएको कोरोना पछिल्लो समय कर्मचारीमा देखिएको हो ।

सङ्क्रमण समुदायमा सर्न थालेको उल्लेख गर्दै सुरक्षित रहन जिल्ला स्वास्थ्य कार्यालयका कोभिड सम्पर्क व्यक्ति तेजबहादुर शाहीले आग्रह गर्नुभयो । कोरोना सङ्क्रमणका कारण जिल्लामा दुई जनाको ज्यान गइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस