लुम्बिनी मन्त्रिपरिषदमा थपिए ३ मन्त्री « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

लुम्बिनी मन्त्रिपरिषदमा थपिए ३ मन्त्री


२१ बैशाख २०७८, मंगलबार


काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले मंगलबार थप तीन जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

सोमबार स्वतन्त्रसहित एमालेका ३ मन्त्री थपिएका हुन् । पोखरेलले अर्घाखाँचीका चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानुन, रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसङ्ख्या र कपिलवस्तुका धर्मलाल श्री वास्तवलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

आचार्य र श्रेष्ठ एमाले सांसद हुन् भने श्री वास्तव सूर्य चिह्नबाट प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका थिए । अब पोखरेलको मन्त्रिमण्डल १० सदस्यीय बनेको छ ।

मन्त्रीहरूको शपथ भने बुधवार हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस