विश्वासको मत लिन जाने प्रधानमन्त्रीलाई असफल बनाउने काँग्रेसको निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विश्वासको मत लिन जाने प्रधानमन्त्रीलाई असफल बनाउने काँग्रेसको निर्णय


२१ बैशाख २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभामा विश्वासको मत लिन जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम षड्यन्त्रपूर्ण रहेको भन्दै त्यसलाई असफल पार्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवासमा मङ्गलवार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न र ओलीको योजना असफल पार्न सबै दलसँग पहल गर्ने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै सहमहामन्त्री प्रकाश शरण महतले संवैधानिक परिषद् लगायतका सात वटा अध्यादेश ल्याउने सरकारको कामको भर्त्सना गरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस