केएमसी र स्वास्थ्य मन्त्रालयबिच कोभिड–१९ केयर युनिट सञ्चालनसम्बन्धी सहमति « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

केएमसी र स्वास्थ्य मन्त्रालयबिच कोभिड–१९ केयर युनिट सञ्चालनसम्बन्धी सहमति


२१ बैशाख २०७८, मंगलबार


काठमाडौँ । स्वास्थ्य मन्त्रालय र काठमाडौँ मेडिकल कलेज (केएमसी) सिनामंगलबीच ५०० शय्याको कोभिड–१९ केयर युनिट सञ्चालनसम्बन्धी सहमति भएको छ ।

सहमति अनुसार अस्पतालले सङ्क्रमितको उपचार निःशुल्क गर्नेछ र, त्यसको खर्च सरकारले बेहोर्नेछ । जसमा सामान्य उपचारका लागि प्रतिदिन ३५००, मध्यम उपचारका लागि ७००० र गम्भीर उपचारका लागि १५ हजार रुपैयाँ सरकारले अस्पताललाई भुक्तानी दिनेछ ।

साथै अस्पतालले क्याबिन सुविधामा भने थप शुल्क लिएर कोभिडका बिरामी राख्न पाउनेछ । सहमतिको चौथो बुँदामा भनिएको छ, ‘कुनै पनि बिरामीले आफ्नै खर्चमा क्याबिन सुविधासहित उपचार गर्न चाहेमा अस्पतालले तोकिएको दररेटमा अधिकतम ५० प्रतिशत थप शुल्क लिन पाउने छ ।’

सोही सहमतिअनुसार अस्पतालले क्याबिन सिङ्गल बेडको प्रतिदिन २० हजार, डबल बेडको १० हजार, क्याबिन डिलक्सको २५ हजार र सुपर डिलक्सको ३० हजार शुल्क तोकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस