उपत्यकामा निषेधाज्ञा झन् कडा : बाहिर जान १० दिन क्वारेन्टिनमा बस्ने स्थानीय तहको पत्र अनिवार्य « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपत्यकामा निषेधाज्ञा झन् कडा : बाहिर जान १० दिन क्वारेन्टिनमा बस्ने स्थानीय तहको पत्र अनिवार्य


२१ बैशाख २०७८, मंगलबार


काठमाडौँ । काठमाडौँ उपत्यका बाहिर जानका लागि १० दिन क्वारेन्टिनमा बस्ने सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले सम्बन्धित गाउँपालिका वा नगरपालिकाले अनिवार्य रूपले १० दिन क्वारेनटिन राख्ने प्रतिबद्धतासहितको सिफारिसका आधारमा मात्र जान दिने निर्णय गरेको हो ।

वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञालाई झन् कडा पार्दै २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको बैठकले अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था संस्थान, बिमा लगायतका कार्यालयहरू एक चौथाइ कर्मचारी मात्र उपस्थित हुने गरी सञ्चालन गर्ने निर्णय गरेको बैठकले सरकारी कार्यालयको हकमा मन्त्रालयको सचिव वा विभागीय प्रमुखद्वारा जारी गरेको सवारी पास र परिचय पत्रका आधारमा आवतजावत गर्न दिने निर्णय गरेको छ ।

सम्बन्धित समाचार : भोलि राती १२ बजेदेखि हिँडडुलमा प्रतिबन्ध लगाउने उपत्यका सिडिओहरूको निर्णय, सबै पास खारेज

त्यस्तै पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासका आधारमा आवतजावतमा सहजीकरण गर्ने र विभागको प्रेस पास नभएका सञ्चारकर्मी÷कर्मचारीको हकमा सम्बन्धित सञ्चार गृहहरूले न्यूनतम कर्मचारीहरू मात्र खटाउने र सोको विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउनु पर्ने निर्णय गरिएको छ

बैठकले बैङ्क तथा वित्तीय संस्थाको हकमा काठमाडौँ उपत्यकामा २५ प्रतिशत शाखा कार्यालयहरू मात्र खुला गर्ने र केन्द्रीय कार्यालयहरूले २० प्रतिशत मात्र जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्ने व्यवस्था मिलाउने र सो को विवरण नेपाल राष्ट्र बैङ्क जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्ने निर्णय गरेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस