बुढानीलकण्ठमा काँग्रेसको पदाधिकारी बैठक, पेरिसडाँडामा माओवादीको स्थायी समिति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बुढानीलकण्ठमा काँग्रेसको पदाधिकारी बैठक, पेरिसडाँडामा माओवादीको स्थायी समिति


प्रशासन संवाददाता

२१ बैशाख २०७८, मंगलबार


काठमाडौँ । प्रधानमन्‍त्री केपी शर्मा ओलीको पछिल्लो कदमबारे रणनीति बनाउन प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका छन्।

काँग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार अपरान्ह पदाधिकारी बैठक बोलाएका छन् । देउवानिवास बुढानीलकण्ठमा बस्‍ने बैठकमा आकस्मिक रुपमा बोलाइएको संसद् अधिवेशन र प्रधानमन्त्रीले विश्वासको मत लिने कदमका विषयमा छलफल हुनेछ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा विश्‍वासको मत लिने ओलीको कदमबारे छलफल हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस