२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ताप्लेजुङमा एक साता निषेधाज्ञा

अ+ अ-

ताप्लेजुङ। ताप्लेजुङमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा वृद्धि हुँदै गएपछि सोमबार साँझदेखि निषेधाज्ञा लागू गरिएको छ । सङ्क्रमणको नियन्त्रण र जोखिम न्यूनीकरणका लागि एक सातसम्म निषेधाज्ञा लागू गरिएको हो ।

फुङलिङ नगरपालिका क्षेत्रको दोभान, हान्द्रुङ, दगुर्ने, थुम्मा, सिस्ने, फक्ताङलुङ गाउँपालिका–३ को लिङ्खिम बारी फुरुम्बु क्षेत्र, सिकैचा बारी फावाखोला क्षेत्र, सुकेटार आसपास, पाथीभरा याङ्वरक गाउँपालिका जाने बाटो कामीडाँडा र काबेली खोलाको चार किल्लाभित्र निषेधाज्ञा लागू भएको प्रमुख जिल्ला अधिकारी जानकारी दिए । निषेधाज्ञा लागू भएसँगै यी क्षेत्र सुनसान बनेका छन् ।

निषेधाज्ञाको अवधिभर अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन, सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न, भेला, सभा सम्मेलन, भोजलगायत भीडभाड हुने गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बीमा एवम राष्ट्र बैंकबाट इजाजत प्राप्त सहकारी संस्थाले आफ्नो कार्यालय र कर्मचारीको अवस्था हेरी सम्बन्धित माथिल्लो तहको स्वीकृति लिई आलोपालो सेवा दिन तथा अत्यावश्यक बाहेकका सेवा हाललाई स्थगित गर्नसमेत अनुरोध गरिएको छ ।